१० कार्तिक २०८३, मंगलबार

युवा सङ्घको विवाद मिल्यो, राजीव पहारी अध्यक्ष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajib-pahadi-1काठमाडौँ, १८ असोज । नेकपा (एमाले) निकट युवा सङ्घ नेपालको आन्तरिक विवाद अन्त्य भई राष्ट्रिय महाधिवेशन गर्न महासचिव राजीव पहारीको संयोजकत्वमा सम्मेलन आयोजक समिति गठन भएको छ ।

तत्कालीन अध्यक्ष महेश बस्नेत उद्योगमन्त्री भएपछि उपाध्यक्ष निरु पाललाई अध्यक्ष बनाइएपछि अर्का उपाध्यक्ष दीलु पन्तले समानान्तर गतिविधि सञ्चालन गर्नुभएको थियो । दुवै पक्षको संयुक्त केन्द्रीय कमिटीको बैठकले सम्मेलन आयोजक समिति गठन गरेको सचिवालय सदस्य रोशन बस्नेतले जानकारी दिनुभयो ।

केन्द्रीय कमिटीको बैठक यही असोज १६ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । रासस