२१ कार्तिक २०८३, शनिबार

बाबुरामले भने- प्रमुख तीन दलबाट संविधान बनेपनि कार्यान्वयन सम्भव छैन्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-bhattraiतिलोत्तम (रुपन्देही), १८ असोज । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकमा दुईथरी राष्ट्रवाद रहेको बताउनुभएको छ । एउटा सत्ता जोगाउने र अर्को प्रगतिशील राष्ट्रवाद भएको भन्दै उहाँले आफू प्रगतिशील राष्ट्रवादको पक्षमा रहेको बताउनुभयो । डा भट्टराईले भारतबाट भएको नाकाबन्दीको निन्दा र भत्र्सना पनि गर्नुभयो ।

आज बुटवलमा पत्रकारसँग कुरा गर्दै उहाँले काँग्रेस, एमाले, एमाओवादीबाट एउटा कार्यभार पूरा भए पनि अब नयाँ कार्यभार हिजोको राजनीतिले सम्भव नभएको दाबी गनुभयो ।

पूर्व प्रधानमन्त्री भट्टराईले भन्नुभयोे, “आर्थिक युगमा अगाडि बढ्न पुराना पार्टीबाट सम्भव छैन, नयाँ युगका लागि आर्थिक समृद्धिको बाटोमा मुलुकलाई अगाडि बढाउनु अहिलेको आवश्यकता हो, त्यसैका लागि नयाँ शक्तिको निर्माणमा लागेको छु, कसैको दबाबले हैन, यसमा कुनै रहस्य पनि छैन ।”

उहाँले नयाँ शक्तिको निर्माणका लागि केही समय विभिन्न व्यक्तिका बीचमा छलफल गरेर अगाडि बढ्ने बताउनुभयो । रासस