१० कार्तिक २०८३, मंगलबार

निर्वाचनको समयमा सीमा नाका बन्द गर्ने सहमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indian_ssb_on_nepali_borderतौलिहवा (कपिलवस्तु), १८ असोज । भारतमा यही असोज र कात्तिकमा हुने चार चरणको स्थानीय निकायको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल र भारतका सीमा सुरक्षा र सुरक्षा प्रमुखको बैठक आज भारतको सिद्धार्थनगर जिल्ला बडपुरमा सम्पन्न भएको छ ।

बैठकले दुई देशबीच भइरहेको सहयोगलाई निरन्तरता दिने, सुरक्षा संयन्त्र बलियो बनाउने र असोज ९, १३ र १७ तथा कात्तिक २९ गते हुने निर्वाचनलाई केन्द्रित गर्दै ती दिन सीमा नाका बन्द गर्ने जस्ता विषयमा छलफल भई निर्णय भएको प्रमुख जिल्ला अधिकारी अब्दुलहलाम खाँले बताउनुभयो ।

त्यसैगरी बैठकमा दुवै मुलुकका सुरक्षा चासोलाई साझा मुद्दा बनाएर अघि बढ्ने निर्णय भएको जानकारी पनि प्रजिअ खाँले दिनुभयो । रासस