देउखुरी, १८ असोज । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई मंगलवार दाङको लमहीमा हुने आमसभालाई सम्बोधन आउनुहुने भएको छ ।
एकीकृत नेकपा माओवादी र संसद सदस्यबाट पनि राजीनामा दिएर तराई, मधेस तथा थारुहट/थारुवान आन्दोलनको समर्थनमा निस्किएका भट्टराई लमहीमा हुने आम सभालाई सम्बोधन गर्न आउन लाग्नु भएको हो । भट्टराईले भोली लमहीको सार्वजनिक बगैचामा हुने आम सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
भट्टराईको संयुक्त स्वागतका लागि थारु र मधेसी नेता कार्यकर्ता सडकमा उत्रिने भएका छन् । विभिन्न राजनीतिक दल र संघ संगठनले भट्टराईलाई स्वागत गर्ने विज्ञप्ती निकालेर जानकारी दिएका छन् ।
संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य अशोक कुमार यादव, सद्भावना पार्टीका मुकेश चौधरी, फोरम लोकतान्त्रिकका विन्तिराम यादव, समाजसेवी प्रकाश चौधरी, मुक्त कमैयाँ भुमि अधिकार संघर्ष समितिका जिल्ला अध्यक्ष माघीराम चौधरी, मुक्त कमैया समाजका जिल्ला अध्यक्ष हरिचन्द्र चौधरी, मुक्त कमैया भुमि अधिकार संघर्ष समितिका महासचिव रामवचन चौधरीले सोमवार संयुक्त विज्ञप्ती जारी गर्दै भट्टराईलाई स्वागत गर्ने र आगामी दिनमा सहकार्य गरी अघि बढ्ने जानकारी दिइएको छ ।













प्रतिक्रिया