३० आश्विन २०८३, शुक्रबार

प्रशिक्षणमा रनवे मोडल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

5काठमाडौं । अन्तर्राष्ट्रिय मोडलिङका बिभिन्न माध्यममा नेपालको प्रतिनिधित्व गराउन उत्कृष्ट मोडल खोज्ने उद्देश्य रहेको सौन्दर्य प्रतियोगिता ‘रनवे मोडल २०१५’को प्रशिक्षण सुरु भएको छ ।

बिभिन्न चरणको अडिसनबाट छानिएका २५ युवा तथा २५ युवती अहिले प्रशिक्षणमार्फत अन्तिम प्रतियोगिताको तयारी गरिरहेका छन् । नयाँ बानेश्वेरस्थित सेल्फडेभलपमेन्टमा उनीहरुको प्रशिक्षण चलिरहेको छ ।

अन्तर्राष्ट्रिय रनवे, व्यक्तित्व विकास, आरजे, भिजे, स्टेज पर्फमेन्स, व्यक्तित्व विकास, कम्युनिकेसन डेभलपमेन्ट, फोटो तथा भिडियो शूट ट्रेनिङलगायतका विषय प्रशिक्षण राखिएका छन् ।

आफूमा रहेको प्रतिभा निखार्दै अगाडि आउन प्रशिक्षण महत्वपूर्ण रहेको सहभागी कृतिका खरेलले बताइन् । उनले भनिन्, ‘उपाधि त पछिको कुरा हो, पहिले त यसले आफ्नो ब्यक्तित्वको विकास गर्छ ।’

त्यस्तै अर्की सहभागी बानेस्वरकी सुष्मिता शाहीले मल्लले प्रशिक्षणले आफूलाई कोराबाट अन्तर्राष्ट्रिय स्तरको मोडल बन्ने ब्यक्तित्वको विकास गरेको बताइन् ।

स्कुल, कलेजलगायत बिभिन्न शैक्षिक संस्था सिक्न नपाएका ब्याबहारिक ज्ञानका प्रशिक्षण आफूलाई प्रतियोगिताबाट मिलेको सिनामंगल काठमाडौका बिकेन्द्र पुरीले बताए । उपाधि मिले पनि नमिले पनि प्रशिक्षणबाट मिलेको ज्ञान आफूलाई जीवनभर उपयोगी हुने उनको भनाइ छ ।

न्यूरोडका रिजेश रामपालले प्रशिक्षणले आफ्नो ब्यक्तित्व विकास महत्वपूर्ण भूमिका खेलेको बताए । प्रतियोगिताको कोरियोग्राफर सुजलजंग केसी रहेका छन् । बिगत एक सातादेखि चलिरहेको प्रशिक्षण कार्यक्रमको अघिल्लो दिन अर्थात् आगामी २८ गतेसम्म चल्नेछ ।

‘महिला तथा पुरुषको सौन्दर्य, प्रतिभा निखार्दै नेपाली मोडलिङ जगतमा नयाँ आयाम थप्ने उद्देश्य ‘रनवे मोडल २०१५’को रहेको छ’, आयोजक संस्था रनवे नेपालकी अध्यक्ष चाँदनी लामिछानेले बताइन् ।

‘फेसन र मोडलिङ जगतमा विगत १० वर्षदेखि कोरियोग्राफरको भूमिका निर्वाह गर्दै आएकी लामिछानेले आफूले हासिल गरेको अनुभव प्रतियोगितामार्फत् पोख्न लागेको सुनाइन् ।

अवसरको खोजीमा रहेका नेपाली महिला तथा पुरुषलाई प्रतियोगिताले उचित अवसरको सिर्जना गरेको लामिछानेको भनाइ रहेको छ ।

यही असोज २९ अन्तिम स्पर्धा हुने प्रतियोगितामा शीर्षसहित विभिन्न दर्जन विधामा विजेता घोषित गरिनेछ ।

प्रतियोगिताका शीर्ष विजेताले पचास हजार नगदसहित चलचित्र, म्युजिक भिडियो, विज्ञापन, चलचित्र अभिनय अवसरका अलवा विभिन्न अन्य उपहार जित्न सक्नेछन् ।