१० कार्तिक २०८३, मंगलबार

गुल्मीको उर्लेनीमा बस दुर्घटना, पाँच जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gulmi-districtगुल्मी, १८ असोज । गुल्मीमा यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले दिएको प्रारम्भिक जानकारी अनुसार बुटवलबाट गुल्मी सदरमुकाम तम्घास जाँदै गरेको लु १ ख ४१६१ नम्बरको यात्रुबाहक बस सोमबार दिउँसो रेसुङ्गा नगरपालिका नजिकैको उर्लेनीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।

बस दुर्घटनामा चार पुरुष र एक बच्चाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् ।