२१ कार्तिक २०८३, शनिबार

थरुहटको बन्द हड्ताल आन्दोलन फिर्ता, दुःख पाएका जनतासँग क्षमा माग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– दशरथ घिमिरे
देउखुरी, १८ असोज । थरुहट/थारुवान संयुक्त संघर्ष समितिले राजमार्ग केन्द्रित बन्द हड्ताल आन्दोलन फिर्ता लिएको छ ।

बन्द, हड्ताल नगरी अबदेखि कोणसभा, आमसभा, अन्तरक्रिया, छलफल लगायत जनजागरण अभियान सञ्चालन गर्ने समेत जनाएको छ ।  आज वेलुकी ५ बजेदेखि स्थानीय यातायात, बजार, सरकारी तथा गैर सरकारी कार्यालय सहित सबै खुला गरिएको संयुक्त संघर्ष समितिका प्रवक्ता प्रकाश कुमार चौधरीले विज्ञप्ती निकालेर जानकारी दिनुभएको हो ।

dang-tharuhatएक साता देखी थरुहटले सरकारले आफूहरुको माग नसुनेको भन्दै राजमार्ग केन्द्रित आन्दोलन गर्दै आएको थियो । विज्ञप्तीमा आन्दोलनको स्वरुप परिवर्तन गर्दै बन्द, हड्ताल नगरी कोणसभा, आमसभा, अन्तरक्रिया, छलफल लगायत जनजागरण अभियान जारी राख्ने उल्लेख गरिएको छ ।

साथै हाल सम्म जारी आन्दोलनका क्रममा भएका असहजताप्रति क्षमा याचना गर्दै सहयोग गर्नेहरु प्रति धन्यवाद ज्ञापन गरिएको छ ।
गत साउन २७ गते देखी थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आम हड्ताल गर्दै आएको थियो ।

थारुहरुको बाहुल क्षेत्रलाई समेटेर अलग प्रदेश लगायत जातीय जनसंख्याको आधारमा हरेक निकायमा पूर्ण समानुपातिक समावेशीको सुनिश्चितताको माग गर्दै आएको छ ।