२१ कार्तिक २०८३, शनिबार

भारतीय राजदूतले भने-‘तपाईहरु तराई मधेसमा सहज बनाउनुस्, हामी आपूर्ति सहज बनाउछौं’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ranjit-rayकाठमाडौँ, १८ अजोज । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत रञ्जित रायबीच आज बिहान पौडेल निवास बोहोराटारमा भेटवार्ता भएको छ ।

सो भेटवार्तामा दुई देशबीचको सम्बन्ध, नेपालको पछिल्लो राजनीतिक अवस्था र भारतबाट नेपाल आउने सामग्रीको सहज आपूर्तिका विषयमा कुराकानी भएको थियो ।

उपसभापति पौडेलले भारतबाट नेपाल भित्रिने इन्धनलगायत अत्यावश्यकीय सामग्रीको सहज आपूर्तिको वातावरण बनाउन आग्रह गर्नुभएको थियो । भारतबाट नेपाल भित्रिने अत्यावश्यक सामग्री सहज गराउने विषयमा भारतीय राजदूत सकारात्मक रहनुभएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । भेटवार्तामा भारतीय राजदूत भन्नुभयो- ‘तपाईहरु तराई मधेसमा सहज बनाउनुस्, हामी आपूर्ति सहज बनाउछौं ।’

सो अवसरमा उपसभापति पौडेलले संविधान निर्माणमा देखिएको दलहरुबीचको एकता संविधानको कार्यान्वयनमा पनि रहने र मुलुकमा देखिएको पछिल्लो असहज अवस्थालाई पनि वार्ता र छलफलका माध्यमबाट टुङ्ग्याइने बताउनुभएको थियो । रासस