१० कार्तिक २०८३, मंगलबार

आँपटारीमा मिनीबस दुर्घटना, २० जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pyuthan Bus Accident
फाइल तस्वीर

चितवन, १८ असोज । जुगेडीबाट नारायणगढतर्फ आउँदै गरेको स्थानीय रुटमा चल्ने मिनीबस भरतपुर उपमहानगरपालिका वडा नं २, आँपटारी नजिकै आज बिहान सडक किनारामा पल्टिँदा २० यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ग१ख २२४६ नंको मिनीबस अनियन्त्रित भई सडक किनारामा पल्टिएको हो ।

घाइतेहरूमध्ये गम्भीर अवस्थामा रहेका छजनाको चितवन मेडिकल कलेज र सामान्य घाइते भएका १४ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना बिहान ७ः४५ बजे भएको थियो । बसका चालक घटनापछि सम्पर्कविहीन रहेको प्रहरीको भनाइ छ । रासस