काभ्रे, १८ असोज । विगत लामो समयदेखि सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरुले सदस्यता नपाएको भन्दै नेपाल पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरेका छन् ।
सोमबार क्रियाशिल पत्रकार संघर्ष समिति काभ्रेले विगत आठ बर्षदेखि पत्रकार महासंघमा प्रक्रिया पुरा गरी डकुमेन्ट्र पेश गरेका जिल्लाका कृयाशिल पत्रकारहरुलाई लामो समयसम्म पनि सदस्यता नदिई विभिन्न बहानामा भइरहेको भन्दै महासंघ काभ्रे शाखा कार्यालयमा तालाबन्दी गरेको हो ।
क्रियाशिल पत्रकार संघर्ष समिति काभ्रेले सोमबार विज्ञप्ती जारी गर्दै भनेको छ– विगत आठ बर्षदेखि नेपाल पत्रकार महासंघमा प्रक्रिया पुरा गरी डकुमेन्ट्र पेश गरेका जिल्लाका कृयाशिल पत्रकारहरुलाई लामो समयसम्म पनि सदस्यता नदिई विभिन्न बहानामा भइरहेको आलटालको विरोध स्वरुप पत्रकार महासंघ काभ्रे शाखामा तालाबन्दी गरेका छौं ।’
यस्तो छ क्रियाशिल पत्रकार संघर्ष समिति काभ्रेको विज्ञप्ती
क्रियाशिल पत्रकार संघर्ष समिति, काभ्रे
मितिः २०७२/६/१८
श्रीमान अध्यक्ष ज्यू
नेपाल पत्रकार महासंघ,काभ्रे शाखा
पत्रकार मित्रहरु,
विगत आठ बर्षदेखि नेपाल पत्रकार महासंघमा प्रकृया पुरा गरी डकुमेन्ट्र पेश गरेका जिल्लाका कृयाशिल पत्रकारहरुलाई लामो समयसम्म पनि सदस्यता नदिई विभिन्न बहानामा भइरहेको आलटालको विरोध स्वरुप पत्रकार महासंघ काभ्रे शाखामा तालाबन्दी गरिएको छ ।
पत्रकारहरुको हक हितको पक्षमा लड्नु पर्ने संस्थाले जिल्लामा लामो समय काम गरिरहेका पत्रकारहरुलाई सदस्यता नदिनु भनेको अलोकतान्त्रिक र तानासाही प्रवृत्ति हो । अरुलाई पाठ पढाउने संस्थाले आफै एकपछि अर्को गल्ती गर्दै जानु, भुकम्पमा आएको राहातमा मनपरी गर्नु र पत्रकार महासंघको भवन निर्माणमा निरन्तर ढिलाई गर्नु मात्र होइन पत्रकार महासंघले आयोजना गरेका कतिपय कार्यक्रममा क्रियाशिल पत्रकारहरुलाई वाइपास गर्नु जस्ता घोर निन्दनिय हर्कतहरु भइरहेको स्पष्ट छ । पत्रकार महासंघको नेतृत्वमा पुग्नका लागि भोट कस्को पक्षमा जान्छ भन्ने तुच्छ र तल्लो स्तरको सोचका कारण क्रियाशिल पत्रकारहरुले सदस्यता नपाएको स्पष्ट छ । अत जिल्लामा रहेका क्रियाशिल पत्रकारहरुलाई सदस्यता नदिएको विरुद्घमा नेपाल पत्रकार महासंघ काभ्रे शाखामा अनिश्चित कालिन तालाबन्दी गरिएको छ । हाम्रो आन्दोलनमा सम्पूर्ण सञ्चारजगतको साथ सल्लाह र सहयोग रहने विश्वास व्यक्त गर्न चाहान्छौ ।
मागहरु
१. क्रियाशिल पत्रकारहरुलाई तत्काल सदस्यता दिनुपर्ने, राजनीतिक आस्थाका आधारमा सदस्यता दिने परिपाटी तत्काल बन्द गर्दै प्रकृया पुरा गरी आएका सम्पूर्ण पत्रकारहरुलाई तत्काल सदस्यता दिनुपर्ने
२. विगतमा क्रियाशिलपत्रकार संघर्ष समिति संँग गरिएका सहमति पालना गर्नु पर्ने
३. विगतमा सदस्यता लिएका तर पत्रकारिता पेशामा नरहेका जिल्लाका वकिल, व्यापारी लगायत गैर पत्रकारहरुको सदस्यता अभिलम्ब खारेज गर्नु पर्ने
४. पत्रकार हक हितका लागि विभिन्न निकायहरुबाट दिइने सेवा तथा सुविधा सम्बन्धी सुचना सदस्यता वितरण नविकरण लगायतका प्रक्रिया सम्बन्धी सुचना महिनौं लुकाउने र समय सकिने बेलामा जानकारी दिने परिपाटी अन्त्य गरियोस् ।
५. पत्रकार महासंघको विधान विपरित लिइएका सदस्यताको तत्काल छानविन गरी खारेजी गरियोस् ।
६. भुकम्पपछि पत्रकारका लागि लिएको राहातको दुरुपयोग गर्ने माथि कार्वाही हुनुपर्ने र राहात साम्रागी र हिसाब किताब अबिलम्ब सार्वजनिक गर्नुपर्ने ।
आन्दोलनका कार्यक्रमहरु
पहिलो चरण
पत्रकार महासंघ काभ्रेमा अनिश्चित कालिन तालाबन्दी मिति २०७२ असोज १८ गते
महासंघका पदाधिकारी विरुद्ध हस्ताक्षर अभियान, चारदोबाटोमा मुखमा कालो पट्टी बाधेर प्ले कार्ड सहित आधा घण्टा प्रदर्शन सहित धर्ना त्यसै दिन संचार सामाग्री सहित पर्दशन र भण्डाफोर तथा कोण सभा मिति २०७२ असोज २० गते
पत्रकार महासंघ केन्द्रिय कार्यलयमा सदस्यता छानबिनका लागि डेलिगेसन । मिति २०७२ असोज २५ गते
दोस्रो चरणका कार्यक्रमको तय असोज २६ गतेको बैठकबाट निर्णय लिने
…………………………
दिनेश घिमिरे
संयोजक
क्रियाशिल पत्रकाकर संघर्ष समिति, काभ्रे
बोधार्थ
नेपाल पत्रकार महासंघ केन्द्रिय समिति
नेपाल प्रेस यूनियन केन्द्रिय समिति/जिल्ला समिति
प्रेस चौतारी नेपाल केन्द्रिय समिति/जिल्ला समिति
क्रान्तिकारी पत्रकार संघ केन्द्रिय समिति/जिल्ला समिति
आदाविासी जनजाती पत्रकार संघ केन्द्रिय समिति/जिल्ला समिति
विभिन्न संचार माध्यमहरु















प्रतिक्रिया