१० कार्तिक २०८३, मंगलबार

लमजुङ पुगेर किन रोए अर्बपति शेष घले ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shesh-Ghale-at-Lamjung5

काठमाडौं, १८ असोज । विश्वकै अर्बपतिमा गनिन्छन् शेष घले । समाजसेवी तथा सहयोगी मनका धनी घले गैरआवासीय नेपाली संघ(एनआरएन)का अध्यक्ष हुन् ।

अहिले विश्वका विभिन्न सहरलाई घर बनाएका घलेको नेपालको लमजुङ जिल्लामा पुख्र्यौली घर छ । जहाँ उनकी आमा देवीमाया घले बस्छिन् । विश्वकै अर्बपतिको सूचीमा रहेका घले आइतबार गृह जिल्ला लमजुङ पुगेका छन् । उनी आमालाई भेट्नु साथसाथै एउटा अमूल्य समाजसेवा गर्न लमजुङ पुगेका हुन् ।

आफूले प्राथमिक शिक्षा हाँसिल गरेको लम्जुङको घनपोखरा–१ नायूँस्थित ग्रामकल्याण निम्न माध्यमिक विद्यालय भवन निर्माण गरिदिएर शेष घलेले आइतबार उक्त भवनको उद्घाटन गरेका छन् ।

आफ्ना स्वर्गीय पिता उदिमबहादुर घले र आमा देवीमाया घलेको सम्मानमा बनाइएको ८ कोठे भवनको निर्माण एक बर्षमै पुरा भएको थियो ।
आइतबार भवन उद्घाटनका लागि गाउँ पुगेका घलेले आफ्नो बाल्यकाल सम्झिएर पटक-पटक रुँदै आँसु झारे । आफूले स्कूल पढिन्जेल दिनभर हजुरआमाले स्कूलमै कुरेर बसेका दिनहरु सम्झिएर उनी भक्कानिए ।

गाउँमा माध्यमिकतहको बिद्यालय नहुँदा टाढा बसेर पढ्नुपरेको र आफ्ना पिताले खर्च बोकेर हरेक साता आफूलाई पढाउने गरेका दिनहरु सम्झिएर उनको गला अबरुद्ध भयो ।

पत्नी जमुना गुरुङ र नेपालका लागि अष्ट्रेलियन राजदूत ग्लेन ह्वाइटसहित गाउँ पुगेका घलेले आमासँगै भवनको उद्घाटन गरे । ८७ बर्षीया आमा देवीमायाको प्रत्यक्ष रेखदेखमा भवन निर्माण सम्पन्न भएको हो ।

‘म आजजुन ठाउँमा छु, त्यसको श्रेय यही स्कूललाई जान्छ’ घलेले भने– बिद्यालय भवन अभावमा गाउँका नानीहरुले पढाइ छाड्न नपरोस् र सानो उमेरमै बिदेशी भूमीमा पसिना बगाउन जान नपरोस् भनेर मैले भवन निर्माणमा सहयोग गरेको हुँ ।’

आफ्नो मुलुकका ९९ औं नम्बरका धनी घले जन्मिएको गाउँमा पहिलोपटक पुगेका अष्ट्रेलियाली राजदूत ग्लेन ह्वाइट दंग थिए । पञ्चेबाजा सहित गाउँलेको स्वागत पाएका ग्लेनले नेपाल आएपछि आफूले पाएको यो नै सवैभन्दा अविस्मरणीय स्वागत भएको बताए ।

कार्यक्रमपछि शेष घलेले सामाजिक सञ्जालमा लेखेका छन्- ‘जन्मगाउँ लमजुङको नायुंमा आफैले पढेको निम्नमाध्यमिक बिद्यालयको भवन आज उद्घाटन गरियो । ५० लाख लाग्ने अनुमान गरिएको यो स्कूल ६४ लाखमा तयार भयो, एक बर्षभन्दा कम समयमै । मेरी आमा आफै बसेर त्यहां काम गर्ने स्थानीय दाजुभाईलाई आफैले चिया पकाएर खुवाउंदै स्कूल बनाउनुभयो । हर्षका आसु कतिखेर झरे पत्तै भएनछ ।’

Shesh-Ghale-at-Lamjung3Shesh-Ghale-at-Lamjung4shes-ghale-welcome-at-Lamjung Shesh-Ghale-at-Lamjung-   Shesh-Ghale-at-Lamjung6