२१ कार्तिक २०८३, शनिबार

माटोको ढिस्कोले पुरिएर देउखुरीमा २ युवतीको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

– दशरथ घिमिरे

देउखुरी १८ असोज । दाङको देउखुरीमा घर पोत्ने माटो लिन गएका दुई युवतीको माटोको ढिस्कोमा पुरिएर ज्यान गएको छ ।

घर पोत्ने कमेरो माटो लिन आइतबार बेलुकी गंगापरस्पुर गाविस ६ फुस्रेखोला गएका गढवा १ आँटिपकर निवासी २१ वर्षीया प्रवीता चौधरी र गढवा २ कुमालगाउँकी २३ वर्षीया प्रतिमा कुमालको ज्यान गएको हो ।

चौधरी र कुमाल दुबैको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा राखिएको प्रहरीले जनाएको छ ।