२१ कार्तिक २०८३, शनिबार

बैद्य माओवादीको राजधानीमा गोप्य बैठक, सरकार घेर्ने योजना बनाउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi-Baidhya-ko-Partyकाठमाडौं, १७ असोज । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले नेपालको संविधन २०७२ ले मुलुकमा प्रतिक्रान्ति संस्थागत गरेको बताउनुभएको छ ।

राजधानीमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष बैद्यले प्रमुख ठूला दल र तिनका नेताहरुले मुलुकलाई भड्खालोमा हालेको बताउनुभएको हो । उहाँले अहिलेको संविधानलाई अग्रगामी दिसातर्फ कदापि नलैजाने बताउनुभयो ।

‘नयाँ संविधानले मुलुकमा प्रतिक्रान्ति संस्थागत भएको छ’, अध्यक्ष बैद्यले बैठकलाई गरेको सम्बोधन उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘अब हाम्रो पार्टीले मुलुकलाई दिश दिनुपर्छ । त्यसका लागि राजनीतिक योजना र रणनीति बनाएर जानुपर्छ ।’

संविधान जारी भएपछिको अवस्थाका विषयमा छलफल गर्न बैद्य माओवादीले शनिबारदेखि राजधानीमा केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठकमा बैद्यले राजनीतिक प्रतिवेदन पनि पेश गर्नुभएको छ ।

अध्यक्ष बैद्यको प्रतिवेदनमा टिप्पणी गर्ने क्रम शनिबारदेखिनै जारी छ । आज (आइतबार) पनि केन्द्रीय सदस्यहरुले धारणा राखेका छन् । बैठक अझै केही दिन चल्ने एक सदस्यले बताए ।

नयाँ संविधान मन नपाराएको बैद्य माओवादीले त्यसका विरुद्ध आन्दोलनसमेत गरिसकेको छ । बैठकले भावी दिनहरुमा कसरी अगाडि बढ्ने र आन्दोलन कसरी लैजाने भन्ने विषयमा पनि योजना बनाउनेछ ।