२१ कार्तिक २०८३, शनिबार

बर्खास्त राधा ज्ञवालीको मन्त्री पद सर्वोच्चले यसरी जोगाइदियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Radha Gyawali Sexy Lady In Nepalकाठमाडौं, १७ असोज । भ्रष्टाचार आरोपमा प्रधानमन्त्री सुशील कोइरालाको बर्खास्तमा पर्नुभएकी उर्जामन्त्री राधा ज्ञवालीलाई सर्वोच्च अदालतले मन्त्री पद जोगाइ दिएको छ ।

सर्वोच्चका न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले ज्ञवालीलाई मन्त्री पदमा यथाव राख्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चले ज्ञवालीलाई उर्जामन्त्री पदबाट बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई आज अन्तरिम आदेश दिएको हो ।

मन्त्री पदको दुरुपयोग गरेको भन्दै सरकारले ज्ञवालीलाई उर्जा मन्त्रीको पदबाट बर्खास्त गरेको थियो ।

त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ज्ञवालीलाई हटाउन सरकारलाई सिफारिस गरेको थियो । सरकारले बर्खास्त गरेपछि ज्ञवालीले गत बिहीबार सर्बोच्चमा रिट दायर गर्नुभएको थियो ।