१ कार्तिक २०८३, शनिबार

भारतीय गृहमन्त्रीले भने- नेपालमा नाकाबन्दी लगाउने भन्ने कुरा हामी सोच्न पनि सक्दैनौ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajnath-sing

काठमाडौ, १७ असोज । भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालमा नेपालमा नाकाबन्दी लगाउने भन्ने कुरा आफूहरुले सोच्न पनि नसक्ने स्पष्ट पारेका छन् ।

गृहमन्त्रीको सरकारी निवास अकवर रोड १७ मा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँग कुरा गर्दै उनले भने– भारत सरकार, जनता कुनै पनि बहानामा नेपालमाथि नाकाबन्दी लगाउने कुरा सोच्न समेत सक्दैन । हामी त नेपालको विकासमा सहयोग गर्न चाहन्छौ । नाकाबन्दी भन्ने शब्दको उच्चरण नै नगर्नुस, भारतले यस्तो कुरा सोच्न पनि सक्दैन र कहिल्यै गर्दा पनि गर्दैन । यो कल्पना भन्दा बाहिरको कुरा हो, यस्तो कुरा गरेर सम्बन्धमा चिसोपन ल्याउने कुरा कसैले पनि नगरौ । भारतले नाकाबन्दी नलगाउँछ, नलगाएको छ यो कल्पनै नगर्नुस । म सबैलाई भन्न चाहन्छु, अघोषित नाकाबन्दी लगाएको कुरा गरेर सम्बन्ध चिस्याउने काम कसैले नगर्नुस ।

उनले नेपाललाई दुख सुखमा साथ दिदै आएको छौ र भविष्यमा पनि दिदै जाने स्पष्ट पार्दै नेपालमा समस्या परेको बेलामा भारतले जस्तो सुकै सहयोग गरेको र आगामी दिनमा पनि गर्नै जाने प्रतिबद्धता ब्यक्त गरे ।

गृहमन्त्री सिंहले भने- अहिले आपूर्ति ब्यवस्था आएको असहजता प्रति हामी सजग छौ । नेपालकै आन्तरिक कारणले यो अवस्था सिर्जना भएको हो । त्यसलाई सकेसम्म हाम्रो तर्फबाट छिटो भन्दा छिटो समस्या समाधान गर्नको लागि हामी पहल गरिरहेका छौ । नेपालीलाई हामी कुनै पनि अभाव नहोस भन्नेमा सचेत छौ । नेपालीलाई दुख हुँदा सबैभन्दा बढी चिन्तित हामी हुन्छौ यसमा हाम्रँे सरकार सजग छ ।

उनले गतल सन्देश प्रभावित गरेर दुई देशको सम्बन्धलाई प्रभावित पार्ने प्रयास गरिएको दावी गर्दै नेपालमा भारत विरोधी गतिविधी बढेको मा आफू एक दमै दुःखी भएको बताए ।

उनले भने-नेपालसँगको सम्बन्ध अझै प्रगाढ बढाउन प्रधानमन्त्री नरेन्द्र मोदी दुई पटक नेपाल जानुभयो । म पनि नेपाल भ्रमणमा गए । हामी दुई मुलुकका सम्बन्ध सुमधुर बनाउन लागेको बेला यस्तो गलत सन्देश फैलाईनु उचित होईन । गृहमन्त्री सिंहले नेपाललाई भूकम्पको बेला सबै भन्दा छिटो सहयोग गर्ने भारत भएको उल्लेख गर्दै नेपाली जनताले दुःख पाउन नहुने स्पष्ट पारे ।

गृहमन्त्री सिंहले नेपालमा बनेको नयाँ संविधानमा आफुहरुको कुनै पनि किसिमको आपत्ति र असन्तुष्टी नभएको स्पष्ट पार्दै संविधानसभाबाट सहमतिमा छिटो भन्दा छिटो नेपालमा संविधान बन्नु पथ्र्यो भन्ने सुरु देखिकै आफूहरुको बटमलाईन रहँदै आएको स्मरण गराए ।

raj nath1उनले भने- नेपालमा जारी भएको संविधानमा हामीले असहमति राख्नु पर्ने अवस्था छैन तर संविधानमा सबैको अपनत्व होस र सहमतिका साथ संविधान जारी होस भन्ने हाम्रो दृष्टिकोण थियो । संविधान जारी भएपछि मधेसी, थारु, जनजाति असन्तुष्टी ब्यक्त गरिरहेको अवस्थामा उनीहरुको भावना संविधानमा समेटियोस भन्ने हाम्रो चाहना हो । कस्तो संविधान बनाउने भन्ने नेपालका राजनीतिक दलले तय गर्ने विषय हो । हामीले त सुझाव दिने मात्रै हो ।

झण्डै २५ मिनेट भएको भेटवार्तामा सिंहले नेपालमा जारी सरकार निर्माण प्रति चासो राखे पनि नेपालमा कस्तो र कस्को नेतृत्वमा सरकार बनाउने भन्ने कुरा नेपालका राजनीतिक दलहरुले निर्णय गर्ने कुरा भएकोले त्यसमा आफूहरुको कुनै चासो र हस्तक्षेप नभएको बताए ।

उनले सो क्रममा आफूले पछिल्लो उत्पन्न असमझदारीको विषयमा नेपालका प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोनमा कुराकानी गरेको समेत जानकारी दिए ।