काठमाडौं, १७ असोज । मुलुकको पछिल्लो राजनीतिक अवस्था र आफूहरुको आन्दोलनका विषयमा समीक्षा गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बसेको छ ।
काठमाडौंका तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा जारी बैठकमा झण्डै दुई महिनादेखिको आमहड्ताल र नाकाबन्दीको कार्यक्रमका विषयमा समीक्षा हुनेछ ।
सद्भावना पार्टीका महासचिव मनीष सुमनका अनुसार बैठकले जारी आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा निर्णय गर्नेछ ।
भारतको सहयोगमा नाकाबन्दी गरेर मुलुकभरि अस्तव्यवस्त बनाएको मधेसी मोर्चाले दसैँ र तिहारलाई पनि ध्यान दिएको छैन ।












प्रतिक्रिया