३० आश्विन २०८३, शुक्रबार

भारतीय पत्रिकाले लेख्यो- ‘मोदी गोर्खालीका अगाडि हारे, नेपालसँग जोरी नखोज्नु’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian-paper

काठमाडौं, १७ असोज । नेपालको संविधानमा असन्तुष्टि जनाउँदै नाकाबन्दी गरिरहेको भारतको देशभित्रै आलोचना हुन थालेको छ ।

विशेषगरी अहिलेको सरकारको नेतृत्व गरिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाकाबन्दीलाई लिएरै नेपालसँगै भारतमै चर्काे अलोचना भएको हो । चौतर्फी दबाबका कारण भारतले शनिबार नाकाबन्दी हटाएको थियो ।

नाकाबन्दी हटाएपछि पनि मोदीको अलोचना भइरहेको छ । एक भारतीय पत्रिकाले मोदीको आलोचना गर्दै गोर्खालीसँग हारेर नाकाबन्दी खोलेको टिप्पणी गरेको छ । ‘सन्मार्ग’ नामक पत्रिकाले शनिबार भारतले हटाएको नाकाबन्दीबारे ‘मोदी गोर्खालियो से झुक गए’ शिषर्कमा समाचार प्रकाशित गरेको छ । साथै पत्रिकाले अगाडि लेखेको छ– ‘नेपालसे पङ्गा लेना ना रे बाबा ना–नमो ।’

पत्रिकाको समाचार अनुसार मोदीलाई गोर्खालीसँग निहुँ नखोज्न सुझाव समेत दिइएको छ । साथै पत्रिकाले दुई देशको सम्बन्ध विगार्ने गरी नाकाबन्दी लगाउनु मोदी सरकारको गलत कदम भएको उल्लेख गरेको छ । पत्रिकाले चीनले नेपालको संविधानलाई स्वागत गरेर विश्वमै उत्कृष्ठ भनेकोमा चीनको प्रशंसासहित उक्त समाचारलाई पहिलो पेजमै स्थान दिएको छ ।

यस्तै, अर्काे समाचारमा पत्रिकाले ‘बाबुराम भट्टराईले आफैले आफैलाई मुर्ख भन्यो’ भनेर लेखेको छ ।

Indian-paper