काठमाडौं, १७ असोज । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
राजधानीमा आज बसेको पार्टी संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । यस्तै, सहमतीय आधारमा ओलीलाई प्रधानमन्त्री बनाउन एमालेले अन्य दलहरुसँग छलफलका लागि ५ सदस्यीय कार्यदल समेत गठन गरेको जनाएको छ ।
जसमा अध्यक्ष केपी ओली, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्षद्वय विद्या भण्डारी र वामदेव गौतम रहेको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।















प्रतिक्रिया