२१ कार्तिक २०८३, शनिबार

ओलीले भने- प्रधानमन्त्रीमा रोक्ने प्रयास भयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oliबनेपा, १७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बन्न नदिन घुमाउरोपाराले कोसिस भइरहेको जिकिर गर्नुभएको छ ।

नेकपा एमाले जिल्ला कमिटी काभ्रेले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उहाँले त्यस्ता कोसिसहरु असफल हुने बताउनुभयो । अध्यक्ष ओली हालको सरकार गठन प्रक्रियामा प्रधानमन्त्रीका उम्मेदवार मानिनु हुन्छ ।

उहाँले राष्ट्रियता कमजोर बनाउन राजनीतिक खेल भइरहेको उल्लेख गर्दै संविधान बनेपछि पनि खुसीयाली मनाउन नपाउनु चिन्ताको विषय हो, भन्नुभयो ।

अध्यक्ष ओलीले एमालेको अगुवाइका कारण संविधान निर्माण भएको जिकिर गर्दै सङ्घीयताको सीमाङ्कनमा समस्या भए सङ्घीय आयोगमार्फत टुङ्गो लगाउन सकिन्छ भन्नुभयो ।