
काठमाडौं, १७ असोज । मुलुकको पछिल्लो राजनीतिक अवस्था र नयाँ सरकार गठनलगायतका विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारीहरूको बैठक बस्दैछ ।
अहिले केही समयपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कामचलाउ भइसकेको सरकारका कामकारबाही तथा नयाँ सरकारमा के गर्ने भन्ने विषयमा छलफल हुने स्रोतले जनाएको छ । कांग्रेसका नेताहरूले आफ्नै नेतृत्वमा सरकार बनाउनु पर्ने माग गर्दै आएका छन् ।
बैठकमा नेपालको संविधान २०७२ को संशोधनका लागि भएका प्रयास तथा थारु र मधेसीका मागका विषयमा पनि छलफल हुने बुझिएको छ ।
आफ्नै नेतृत्वमा सरकार बनाउने तयारीमा रहेको कांग्रेसले त्यस विषयलाई कसरी अगाडि बढाउने भन्नेमा पनि छलफल गर्नेछ ।












प्रतिक्रिया