सप्तरी, १७ असोज । सप्तरीको सीतापुर– १ स्थित चाँदनी चोकमा गएराति एक घरबाट लाखौँ मूल्य बराबरको चोरी भएको छ ।
दश बाह्रजनाको समूहमा आएका चोरहरुले स्थानीयवासी कमलनारायण चौधरीको घरबाट लाखौँ मूल्य बराबरको चोरी गरेको प्रहरीले जनाएको छ ।
ती चोरले घरमा लगाइएको ताल्चा फुटाएर चोरी गरेका हुन् । चौधरीको घरबाट ५० तोला चाँदी, पाँच तोला सुन, लत्ताकपडा भाँडाबर्तन र नगद एक लाख गरी करिब १० लाख मूल्यको सामान चोरी भएको बताइएको छ ।
चोरी गर्ने चोरहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । चौधरी जागिरको सिलसिलामा दैलेखमा बस्दै आएका बेला चोरले मौका छोपेर चोरी गरेको प्रहरीले जनाएको छ । रासस















प्रतिक्रिया