काठमाडौं, १७ असोज । सरकारी वार्ता टोलीले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासँग वार्ता गर्दैछ ।
फोरम लोकतान्त्रिकको पार्टी कार्यालय सानेपामा हुने वार्तामा थारु र मधेसी आन्दोलनकारीले उठाएका मागका विषयमा छलफल हुनेछ ।
फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीका अनुसार सरकारी वार्ता टोलीले राजनीतिक विषयमा तयार बनाएर ल्याउने प्रस्ताव छलफल हुने बताउनुभयो ।
‘थारु र मधेसी आन्दोलनकारीहरूले उठाएका मागलाई राजनीतिक रुपमा सम्बोधन गर्ने विषयमा सरकारी वार्ता टोलीलाई प्रस्ताव ल्याउन भनेका थियौँ’ उहाँले भन्नुभयो, ‘सरकारी वार्ता टोलीले कस्तो प्रस्ताव ल्याउँछ ? त्यसकै आधारमा वार्तामा कुराकानी हुन्छ ।’
प्रमुख तीन दलले वनमन्त्री महेश आचार्य, एमालेका मुख्य सचेतक अग्नि खरेल र एकीकृत माओवादीका उपाध्यक्ष नाराणकाजी श्रेष्ठ सम्मिलित तीन सदस्सीय वार्ता टोली बनाएको थियो । सरकारी वार्ता टोलीले आन्दोलनरत समूहसँग वार्ता र सम्वाद गर्दै आएको छ ।
गच्छदार नेतृत्वको मोर्चामा शरतसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी र राजकिशोर यादव नेतृत्वको फोरम लोकतान्त्रिक रहेका छन् ।












प्रतिक्रिया