राजदूत उपाध्यायले अगाडि भन्नुभयो, ‘भारतीय पक्षले नेपालमा आफूविरुद्ध भएका सबै गतिविधिको भिडियो हेरेर बस्नुभएको रहेछ । एउटा सानो बालकले नेपालमा भारतीय झण्डा जलाएको भिडियो पनि भारतीय पक्षले नयाँदिल्लीमा बसेर हेरेको रहेछ । म त अचम्ममा परे । छक्क परे । अहिलेको इन्टरनेटको जमानामा सबै कुरा जहाँ पनि पुग्छ ।’ मधेस केन्द्रित दल र तिनका सीमित नेताका कारण भारतविरुद्ध नेपालमा जनमत बनेको निष्कर्षमा पुगेको भारतीय पक्षले वीरगञ्जबाहेकका सबै नाका सुचारु गराउने आश्वासन आफूले पाएको नेपाली राजदूत उपाध्यायले बताउनुभयो । ‘सीमित व्यक्तिका कारण नेपाली जनताले दुःख पाए’, उहाँले भन्नुभयो, ‘औषधिक र पेट्रोलियाम पदार्थलगायतका सामान नेपाल प्रवेश गर्न दिने भारतीय पक्षले आश्वासन दिएको छ ।’
















प्रतिक्रिया