१ कार्तिक २०८३, शनिबार

भारतीय झण्डा जलाएको ‘लाइभ’ कसले पुर्‍यायो नयाँदिल्ली ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १७ असोज । भारतीय पक्षले नेपालमा आफूविरुद्ध भएको प्रदर्शनप्रति नेपाली राजदूतसँग दुःखेसो पोखेको छ ।

नेपालमा भारतविरुद्ध भएको प्रदर्शनको सानोभन्दा सानो जानकारी राखेको भारतीय पक्षले यस विषयमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग गुनासो गरेको हो ।

भारतीय पक्षले नयाँदिल्लीमा उपाध्यायसँग शनिबार गरेको भेटमा नेपालमा भारतविरुद्ध प्रदर्शन भएकामा चिन्ता जनाएको हो । नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आज (आइतबार) बिहान कुरा गर्दै नेपाली राजदूत उपाध्यायले भन्नुभयो, ‘भारतीय पक्ष नेपालमा भारतविरुद्ध भएका विरोध प्रदर्शन र झण्डा जलाउनेलगायतका कर्याबाट चिन्तित बनेको पाएँ ।’ भारतले नेपालमा आफूविरुद्ध प्रदर्शन भएको र नेपाली जनताले भारतीयको आलोचना गरी विरोध गर्न थालेपछि त्यसबाट दीकालीन असर पर्नेभन्दै अघोषित नाकाबन्दी खोलेको राजदूत उपाध्यायको संकेत थियो ।

राजदूत उपाध्यायले अगाडि भन्नुभयो, ‘भारतीय पक्षले नेपालमा आफूविरुद्ध भएका सबै गतिविधिको भिडियो हेरेर बस्नुभएको रहेछ । एउटा सानो बालकले नेपालमा भारतीय झण्डा जलाएको भिडियो पनि भारतीय पक्षले नयाँदिल्लीमा बसेर हेरेको रहेछ । म त अचम्ममा परे । छक्क परे । अहिलेको इन्टरनेटको जमानामा सबै कुरा जहाँ पनि पुग्छ ।’

मधेस केन्द्रित दल र तिनका सीमित नेताका कारण भारतविरुद्ध नेपालमा जनमत बनेको निष्कर्षमा पुगेको भारतीय पक्षले वीरगञ्जबाहेकका सबै नाका सुचारु गराउने आश्वासन आफूले पाएको नेपाली राजदूत उपाध्यायले बताउनुभयो । ‘सीमित व्यक्तिका कारण नेपाली जनताले दुःख पाए’, उहाँले भन्नुभयो, ‘औषधिक र पेट्रोलियाम पदार्थलगायतका सामान नेपाल प्रवेश गर्न दिने भारतीय पक्षले आश्वासन दिएको छ ।’

भारतले अघोषित नाकाबन्दी खोले पनि नेपाल–भारतको प्रमुख व्यापारिक नाका वीरगञ्ज भने नखोल्ने भएको छ । नेपाली राजदूत उपाध्यायले भन्नुभयो, ‘६० प्रतिशत व्यापार हुने वीरगञ्जको रक्सौल भन्सार नाका भारतले अझै केही दिन नखोल्ने भनेको छ । रक्सौल नाका नखुलेपछि अझै जनजीवन सुचारु हुन केही समय लाग्नेछ ।’

नेपालको अवस्था सहज हुन अझै पनि केही समय लाग्ने देखिएको छ । नेपालमा भारतीय सीमाबाट दैनिक हुने कारोबारमध्ये वीरगञ्जबाट ६० प्रतिशत एक्लै हुने गरेको । यसअघि वीरगञ्ज भन्सार नाकाबाट मात्रै दैनिक तीन सय बढी ग्यास र तेल बोकेका सवारी साधन दैनिक भित्रिदै आएका थिए ।

जनतालाई दुःख दिएर राजनीति नहुँने भन्दै राजदूत उपाध्यायले भारतीय पक्ष पनि आन्दोलनरत मधेसी दलहरूसँग रुष्ट भएको जनाउनुभयो । उहाँले आउँदा दिनमा यस्ता गम्भीर विषयलाई सम्वेदनशील रुपमा दुबै पक्षले लिनुपर्ने उल्लेख गर्नुभयो ।

अघोषित नाकाबन्दीका समाधान चीनसँग तत्काल व्यापार नाका खोलर समाधान हुन नसक्ने बताउनुभएका राजदूत उपाध्यायले चीनभन्दा भारतसँगकै व्यापार उचित रहेको बताउनुभयो ।