काठमाडौं । राजधानीबासीले गर्मीयामका बिभिन्न पहिरन अवलोकन गर्ने र त्यसबारे जानकारी हासिल गर्ने अवसर पाएका छन् ।
ठमेलको व्रिजल गार्डेन रेष्ट्रोमा शुक्रबार साँझ आयोजित ‘सानमिगल इन्ड अफ समर २०१५’ नामक भब्य फेसन टाइटमा सो अवसर मिलेको हो ।
फेसन र मोडलिङमा रौनकता थप्दै युवायुवतीको यसप्रति चासो र रुची जगाउँदै फेसन र मोडलिङमा युवायुवतीलाई प्रोत्साहन गर्ने उदेश्यले नेक्स्ट मोडल्स नेपालले कार्यक्रमको आयोजना गरेको हो ।
पुरुष तथा महिलाले लगाउने बिभिन्न डिजाइनका पहिरन मोडलहरुले र्याम्पमा प्रस्तुत गरेका थिए ।
महिलाले लगाउने वान पिसदेखि सारीसम्म र पुरुषका टिसर्ट पाइटदेखि सुट पिससम्म प्रस्तुत गरिएको थियो ।
निनम राई, प्रिया राई, रुपा सुवेदी, राधिका सुवेदी, अनुष्का श्रेष्ठ, दीक्षा चौधरी, रसी चौधरी, कल्पना गुरुङलगायत १० मोडलले महिलाको बिभिन्न पहिरन प्रस्तुत गर्दा आसिस रोनियार, रोहन धौबढेल, पुकार गौतम, रंधिर शाह, आनन्द सिंह, निराजन श्रेष्ठ, नबीन न्यौपाने, बिकी श्रेष्ठलगायत १२ मोडलले पुरुषका बिभिन्न डिजाइन सो गरेका थिए ।















प्रतिक्रिया