काठमाडौं । ‘मिस राजधानी २०१५’को उपाधि भूमिका खड्काले जितेकी छन् । खड्काले १७ प्रस्तिस्पर्धीलाई पछिपार्दै उपाधि जितेकी हुन् ।
एक्सपोज नेपालले शुक्रबार साँझ एकसाथ आयोजना गरेको दुई प्रतियोगिता ‘मिस राजधानी २०१५’ र ‘मिस्टर राजधानी २०१५’मा मिष्टर राजधानीतर्फको उपाधि भने पियुस कर्णले जितेका छन् ।
पियुसले २४ प्रतियोगीलाई पछिपार्दै उपाधि हासिल गरेका हुन् । दुबै प्रतियोगिताको बिजेताले शीर्ष उपाधिका साथमा चलचित्र, म्युजिक भिडियो अभिनय अवसरकासाथै बिभिन्न गिफ्ट पुरस्कारका रुपमा प्राप्त गरेका छन् ।
जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा मिस राजधानीतर्फ सिजुसिंह ठकुरी फष्ट रनर अप र आष्मा केसी सेकेन्ड रनरअप घोषित हुँदा मिस्टर राजधानीतर्फ मौसम अधिकारी र मधुसुदन ध्वज कार्की क्रमश: फष्टरनर अप र सेकेन्ड रनर अफ चुनिए ।
युवायुवतीको प्रतिभालाई प्रोत्साहन गर्नुका साथै समाजमा जिम्बेवार नागरिक बनाउने उदेश्य बोकेको प्रतियोगिताको अन्तिम स्पर्धामा कांग्रेस नेता अर्जुन नरसिंह केसी, अशोक कोइराला, निर्माता नायक मधुकुमार श्रेष्ठ, देबेन्द्र राज पौडेल, सिटिजन भण्डारीलगायत अतिथि रहेका थिए ।















प्रतिक्रिया