काठमाडौँ, १६ असोज । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री आज सम्मानित हुनुभएको छ ।
काठमाडौँ महानगरपालिका २९ वडा नागरिक मञ्चले आज एक कार्यक्रम गरी २९ वडावासी नेपाली सेनाको प्रधानसेनापति पदमा पुग्नुभएको भन्दै सम्मान गरेको हो ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेले प्रधानसेनापति क्षेत्रीले सम्मान गर्दै राष्ट्रको रक्षाका लागि सेनाले खेलेको भूमिकाको सराहना गर्नुभयो । उहाँले भन्नुभयो – “राष्ट्रलाई सङ्कट परेका बेला सेनाले २४सै घन्टा सेवा प्रदान गरी देश तथा नागरिकप्रतिको कर्तव्य पालना गर्छ ।”
राष्ट्रकवि घिमिरेले प्राकृतिक विपत्तिका बेला नेपाली सेनाले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्नुभयो ।
प्रधानसेनापति क्षेत्रीले चुनौतीपूर्ण समयमा आफू सेनाको नेतृत्व सम्हाल्न पुगेको भन्दै आफूलाई देशवासीको माया, सद्भाव, प्रेरणाको आवश्यकता रहेको बताउनुभयो ।
सो अवसरमा प्रधानसेनापति क्षेत्रीले आफूलाई अक्षर पढ्न र लेख्न सिकाउने शान्ति विद्यागृह लैनचौरका शिक्षकहरु शङ्करलाल मानन्धर, लक्ष्मीदास मानन्धर, डा विश्वम्भर प्याकुरेल, अच्युत बस्नेतलगायतलाई खादा ओढाएर सम्मान गर्नुभएको थियो । रासस















प्रतिक्रिया