भैरहवा, १६ असोज । आफूलाई जन्म दिने आमा मरेको भनी आफुसंगै काम गर्ने मजदुर साथीहरुसंग चन्दा सहयोग उठाएर नेपाल फर्केका एक जना व्यक्ति घरमै मस्ती गरिरहेका छन् ।
मलेसियाको तोरंग ताइपेइङ भन्ने ठाऊमा रहेको हिप्सन फामिंग (पोल्ट्री उद्योग) मा काम गर्दै आएका रुपन्देही मधवलिया निवासी झिनीया ठाकुरको छोरा पप्पु ठाकुरले सोही उद्योगमा काम गर्ने नेपाली सहकर्मिहरुलाई ठग्न आफ्नै जीउदो आमा मरेको भन्दै पैसा उठाएका थिए ।
यो सम्बाददातासंग कुरा गर्दै मलेसियाको सोही उद्योगमा काम गर्ने छपीया रुपन्देहीका सन्तोष अर्यालले भने “संगै काम गर्ने साथी एक्कासी आमा मर्नुभयो भनेपछि हामी सबैले मिलेर चन्दा सहयोग गरयौ ।उसलाई सम्झाई बुझाई नेपाल पठायौं तर पछि बुझ्दा थाहा भयो उसले हामीहरुलाई ठगेको रहेछ । उसको आमा त जिउदै पो रहिछन् ।”
ठाकुरसंगै काम गर्ने कपिलवस्तु कोपवा घर भएका अमृत आचार्यले भने “सर त्यो ठग रहेछ । हामीलाई इमोशनल ब्यालेकमेल गर्यो । हामीहरुले ५० हजार चन्दा स्वरुप सहयोग गर्यौं । सबै साथी मिलेर सहयोग गर्यौ तर उसले हामीसंग फटाई गरेको रहेछ । ”
ठाकुरकै गाऊ मधवलियाका घनश्याम चौधरीले आफ्नौ गाऊको मान्छेले आफु सहित अन्य नेपाली साथीलाई विदेशमा आई ठग्दा दुखी भएको जनाए । चौधरीले भने त्यसले अत्यन्तै बद्मासी गर्यो । उसकी आमा जीउदैंछन् । आमा मरिन भन्यो , पैसा छैन भन्यो हामीले नेपाली दाजुभाईको हिसाबले सहयोग गर्यौ तर त्यो सब झुट रहेछ । ”
रुपन्देही छपीया घर भई सोही फर्ममा काम गरिरहेका शंकर भुसालले विदेशमा आएर आफ्नै देशका दाजुभाईलाई ठग्ने ठाकुरलाई कारबाहि गर्न आग्रह पनि गरेका छन् । ठाकुरले नेपाल आउंदा धेरै साथीहरुको महत्वपुर्ण सरसमान पनि ल्याएको तर त्यो समान पनि साथीहरुको घरमा नपुराई आफुले नै राखेको मलेसीयाबाट सन्तोष अर्यालले जनाए । यस विषयमा बुझ्न ठाकुरको मोबाइल नम्बर ९८१००४०३०५ मा सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।















प्रतिक्रिया