१० कार्तिक २०८३, मंगलबार

रुपन्देहीमा एसपी बुद्धिको बुद्धिले कति काम गर्छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sp-buddi-gurung (2)

– नरेश केसी
भैरहवा, १६ असोज । तराई मधेसमा चलिरहेको आन्दोलनको क्रममा एक्कासी रुपन्देही प्रहरी प्रमुख भएर आएका छन् एसपी बुद्धि बहादुर गुरुंग ।

नेपाल प्रहरीको अपराध महाशाखाबाट सरुवा भई आएका एसपी गुरुंगले जिल्लामा साईबार क्राइम र विद्युतिय अपराधलाई नियन्त्रण गर्न विशेष योजना चलाउने बताएका छन् ।

शनिवार भैरहवाका पत्रकार संग परिचयात्मक कार्यक्रम गर्दे आफुलाई बिशेस रुपमा प्रहरी प्रधान कार्यालयले यस जिल्लाको जिम्मा दिएकाले समाजमा शान्ति सुरक्षा कायम राख्न सधै प्रदिबद्ध हुने समेत जनाउदैं फेसबुक र अबैध दर्ताविहीन अनलाईनहरुले समाजमा अफबाह फैलाउने गरेको भन्दै त्यसतर्फ रुपन्देही प्रहरीले विशेष अभियान नै चलाउने जनाए ।

एसपी गुरुंगले काठमाण्डौंका गुण्डा नाइकेहरुलाई प्रहरीले तह लगाएसंगै मुलुकभर त्यसको प्रभाव परेको जनाउदैं रुपन्देहीमा पनि रहेका जग्गा पलटिंगका कमिसनखोर, अबैध ढुंगा गिट्टी निकासीमा सरिक हुने दलाल, राजनितीक आवरणमा समाजमा विकृति फैलाउने नाइकेलाई पनि प्रहरीले तह लगाउने उद्घोष गरेका छन् ।

Sp-buddi-gurung (1)एसपी गुरुंगले मुलुकभर केही संघसंस्था र समुहले समानान्तर सरकार चलाएको जनाउदैं त्यसको विशेष व्यवस्थापन गर्ने पनि जनाए । जिल्लाबासी सबैंको साथ लिएर सुरक्षाको दृष्टिले महत्वपुर्ण जिल्लामा शान्तिसुरक्षा अमनचयन कायम गर्न कुनै कसुर बाकी नराख्ने उनको प्रतिबद्धता छ । एसपी गुरुंगले प्रहरी र पत्रकारविच कहिलेकाहि सूचनाको कमीको कारण समस्या आएको जनाउदैं पत्रकारहरु पनि सरोकार नभएको विषयमा सहभागी नभईदिए राम्रो हुने सुझाव दिए ।

जिल्लामा ९० प्रतिशत थुनुवा लागु औषधको भएको जनाउदैं एसपी थापाले लागु औषधलाई निरुत्साहित गर्न प्रहरी कटिबद्ध रहने पनि जनाए । विहिवार भैरहवा आएका एसपी गुरुंगले जिल्लामा चलिरहेको आन्दोलनलाई सहि ढंगले व्यवस्थापन गर्ने पनि जनाए । एसपी गुरुंग संगै जिल्लामा भैरहवाका पत्रकारले डिएसपी रामेश्वर कार्किलाई पनि स्वागत गरेका थिए । डिएसपी कार्कि ४९ दिन अगाडी जिल्लामा आएता थिए ।