१० कार्तिक २०८३, मंगलबार

भारतीय हस्तक्षेपविरुद्ध बनेपामा प्रदर्शन, नेमकिपाका केन्द्रीय सदस्यसहित १० जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– रामसुन्दर आचार्य
बनेपा, १६ असोज । काभ्रेको बनेपामा भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शन भएको छ ।

नेपाल मजदुर किसान पार्टीको नेपाल क्रान्तिकारी विद्यार्थी संगठनले शनिबार अपराह्न बनेपा बजारमा विरोध प्रदर्शन गरेको हो । ‘प्रदर्शनमा भारतीय हस्तक्षेप रोक, नाकाबन्दी गर्न पाइँदैन्’ भन्दै सयौं विद्यार्थीहरुले नाराबाजी गरेका छन् ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शन गरेको भन्दै काभ्रे प्रहरीले नेमकिपाका तीन जना केन्द्रीय सदस्यसहित १० जनालाई नियन्त्रणमा लिएको छ ।

nepali-indian
फाइल तस्वीर

केन्द्रीय सदस्यहरु हरिसुन्दर वासी, रविन्द्र ज्याख्खो र कृष्णकुमार वैद्यसहित १० जनालाई प्रहरीले बनेपाबाट नियन्त्रणमा लिएको हो । उनीहरुले प्रदर्शनको नेतृत्व गर्दै नाराबाजीसहित र्याली निकालिरहेका थिए ।

प्रदर्शनमा पार्टीका नेता कार्यकर्ता, स्थानीयको बाक्लो सहभागिता रहेको छ । अहिले विद्यार्थीहरु बनेपाको टेलिकम चोकमा भारतविरुद्ध नाराबाजी गरिरहेका छन् ।