१० कार्तिक २०८३, मंगलबार

स्तन क्यान्सरविरुद्ध राजधानीमा पदयात्रा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

breast-cancerकाठमाडौँ, १६ असोज । स्तन क्यान्सरविरुद्ध लड्न जनचेतना जगाउने उद्देश्यले आज यहाँ पदयात्राको आयोजना गरियो ।

नेपाल व्रेष्ट क्यान्सर फाउण्डेसनको आयोजनामा भएको उक्त पदयात्रा दरवारमार्गदेखि सुरु भएर भृकुटीमण्डपमा पुगी सभामा परिणत भएको थियो ।

पदयात्रामा चिकित्सक, स्वास्थ्य पेसामा आबद्ध विभिन्न व्यक्तिका साथै क्याम्पियन कलेज तथा नोबेल कलेजका विद्यार्थीको सहभागिता थियो । सहभागीले ‘मासिक रुपमा आफ्नो स्तनको परीक्षण अपरिहार्य छ’, ‘परीक्षण गर्न नलजाऔँ’, ‘महिला स्वास्थ्यमा सजग रहौँ’, ‘महिला मात्र होइन पुरुष पनि सतर्क होऔँ’लगायत नारासहित हातमा ‘प्ले कार्ड’ बोकेका थिए ।

फाउण्डेसनकी अध्यक्ष डा सुजिता हिराचनले ‘क्याम्पियन’ले स्तन क्यान्सरलाई देशबाट कसरी निर्मूल पार्न सकिन्छ र कस्तो खालको सुरक्षा अपनाउन सकिन्छ भन्ने सन्देश जनमानसमा पु¥याउने बताउनु भयो ।रासस