काठमाडौं, १५ असोज । संसद अधिवेशन सुरु भएसँगै सरकार निर्माणको चरण सुरु भएको छ ।
यसैक्रममा राष्ट्रपति डा रामवरण यादवले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दललाई छलफलका लागि आह्वान गर्नुभएको छ ।
राष्ट्रपति डा यादवले नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम उक्त आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । रासस
















प्रतिक्रिया