१० कार्तिक २०८३, मंगलबार

त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षाफल प्रकाशित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tu-logoकाठमाडौँ, १५ असोज । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ माघ/फागुनमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको स्नातकोत्तर तह दोस्रो वर्ष (एमबिएस दोस्रो भाग)को २०७० को परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ ।

त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० अनुसार परीक्षाको मर्यादा विपरीत कार्य गर्ने परीक्षा क्रमांक १५०३३२ र १५०३६८ लाई २०७३ सम्म (चार) वर्षसम्मका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्कासन गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल वेभ साइट (www.educationsansar.com, www.educationkhabar.com, www.edusanjal.com, www.tu.ntc.net.np)  मा हेर्न सकिने छ । नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ भने एमबिएस रोल नम्बर टाइप गरी ४९४९ मा एसएमएस पठाई प्राप्ताङ्क प्राप्त गर्न सकिने जनाइएको छ । रासस