१० कार्तिक २०८३, मंगलबार

‘भाग्यले बाँचेकाहरु’ वृत्तचित्र बागलुङमा प्रदर्शन, सबैका आँखा रसाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baglung-bhagyale bhachekaharu

– रबिना बोहरा
बागलुङ, १५ असोज । विनाशकारी भूकम्पमा परि नजिकबाट मुत्यु नियालेकाहरुको अनुभुतिमा रहेर तयार पारिएको ‘भाग्यले बाँचेकाहरु’को वृत्तचित्र बागलुङमा प्रदर्शन गरिएको छ । शुक्रबार प्रदर्शन गरिएको वृत्तचित्र हेर्दा बागलुङमा सबैका आँखा रसाएका छन् ।

पत्रकार गणेश पाण्डेद्धारा निर्देशित बृत्तचित्रमा वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परेर बाँचेकाहरुको कथालाई समेटिएको छ । प्रेस चौतारी नेपाली जिल्ला शाखा बागलुङले कल्याणकारी कोषका लागी बृत्तचित्र बागलुङमा प्रदर्शन गरेको हो । वृत्तचित्रमा वैशाख १२ को विनाशकारी भूकम्पमा परेर पनि आश्चर्यजनक रुपमा नयाँ जीवन पाएका ७ जना नेपालीहरुको कथा छ । काठमाडौँको सुन्धारा स्थित काठमाडौँ मल अगाडि ट्राफिक प्रहरी करण भण्डारीलाई बचाउने हिरामाया नेपालीको जीवनकथा निकै मार्मिक रुपमा पर्दामा उतारिएको छ ।

निर्देशक पाण्डेका अनुसार पाँच तले घरले पुरिएर २२ घण्टापछि जीवितै उद्धार गरिएका भक्तपुरका सोनिश अवाल, सोनिशलाई जीवितै उद्धार गर्ने नेपाली सेनाका सुबेदार दीपक राई र सिपाही विकास केसीको कथा वृत्तचित्रमा समेटिएको छ । आफ्नै घर ढलेर आमाबाबुको बिचल्ली हुँदा समेत सोनिसको उद्धारमा खटिएका सिपाही केसी र उनको परिवारका मर्मलाई पनि वृत्तचित्रमा बेजोड रुपमा उतारिएको छ ।

यसैगरी, धराहराबाट खसेर बाँच्न सफल लमजुङकी बबिता सेढाई, काठमाडौँको नयाँ बसपार्कबाट एक सय १२ घण्टापछि सकुशल उद्धार गरिएका नुवाकोटका पेम्बा तामाङ, काठमाडौँको बसपार्कमै सात तले घरले थिचिँदा ८२ घण्टासम्म आफ्नै पिसाब खाएर बाँचेका अर्घाखाँचीका ऋषि खनाल, काठमाडौँको बसपार्कको होटलमा किचिएर दुवै खुट्टा गुमाएका दैलेख बाँसीका रमेश खत्रीलगायतका पीडादायी कथालाई वृत्तचित्रमा समेटिएको छ ।

Baglung-bhagyale bhachekaharu-1भूकम्पमा परेकालाई जीवितै उद्धार गरेका सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण बस्नेत, नेपाल प्रहरीका निरीक्षक प्रदीप क्षेत्री र एउटै चितामा पाँच–सात जनाको शव जलाउनु पर्दा विक्षिप्त बनेका भक्तपुरका सविन ख्याँजुको कथा–व्यथादेखि भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी तथा १९९० साल र २०७२ सालका दुई ठूला भूकम्प देखेका राष्ट्रकवि माधवप्रसाद घिमिरेसम्मका अनुभवलाई पर्दामा उतारिएको छ ।

वृत्तचित्रका निर्देशक तथा सञ्चारकर्मी गणेश पाण्डेले उक्त वृत्तचित्र भविष्यको लागि दस्तावेजको रुपमा तयार पारिएको बताउनुभएको छ । विक्रम सम्वत १९९० मा आएको महाभूकम्पका दस्तावेजहरु अहिले देख्न नपाइएको उल्लेख गर्दै भावी पिँडीका लागि प्रत्यक्ष अनुभूति हुने पाण्डेले बताउनुभयो ।

Baglung-bhagyale bhachekaharu-5 Baglung-bhagyale bhachekaharu-4 Baglung-bhagyale bhachekaharu-3 Baglung-bhagyale bhachekaharu-2