१० कार्तिक २०८३, मंगलबार

सशस्त्र प्रहरीको स्टाफ कलेज स्थापना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Apf-ktm (1)

काठमाडौँ, १५ असोज । सशस्त्र प्रहरी बलले व्यावसायिक प्रशिक्षणका लागि महत्वपूर्ण मानिने कमाण्ड तथा स्टाफ कलेज स्थापना गरेको छ ।

सानोगौचरणमा स्थापित सो कलेज परिसरको आज सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले मनोमेन्ट अनावरण गरी सो कलेजको उद्घाटन गर्नुभयो । विश्वकै सुरक्षा निकायमा स्टाफ कलेजलाई उपल्लो स्तरको प्रशिक्षण संस्थाको रुपमा लिइन्छ ।

स्टाफ कलेज स्थापनासँगै अन्तर्राष्ट्रियस्तरको ‘कमाण्ड तथा स्टाफ तालिम’ सञ्चालन गरिनेछ । तालिमका सहभागी प्रशिक्षार्थीले त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत सुरक्षा, विकास तथा शान्ति अध्ययन विषयमा स्नातकोत्तरको उपाधिसमेत प्राप्त गर्ने छन् ।

Apf-ktm (2)सो अवसरमा महानिरीक्षक वन्तले वर्तमान प्रतिस्पर्धात्मक युगमा कुनै पनि सङ्गठनले आफुलाई समयानुकूल सक्षम र दक्ष बनाउँदै लैजानुपर्ने र सोका लागि स्टाफ कलेज कोसेढुङ्गा सिद्ध हुने बताउनुभयो ।

सङ्गठनले मानव अधिकारको सम्मान, संरक्षण र सम्बद्र्धन गर्दै आफ्ना जिम्मेवारी जनचाहनाअनुरुपको कार्यशैली अपनाउँदै त्रुटिसहित ढङ्गले पूरा गर्दै आइरहेको उल्लेख मुलुक र नागरिकको सेवा, सुरक्षा तथा सहयोग र उद्धार कार्यमा हरहमेसा परिचालित भई नागरिकको सेवामा सङ्गठन लागिपरेको चर्चा गर्नुभयो ।