१० कार्तिक २०८३, मंगलबार

महोत्तरीमा निषेधाज्ञा हटाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Policeमहोत्तरी, १५ असोज । जिल्ला प्रशासन कार्यालय महोत्तरीले सुरक्षा स्थिति राम्रो बन्दै गएपछि आजदेखि जलेश्वर नगरपालिकामा निषेधाज्ञा हटाएको छ ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय वरपरको ५०० मि क्षेत्रमा भने निषेधित क्षेत्र कायमै रहेको प्रजिअ दीपक काफ्लेले जानकारी दिनुभयो ।

गत भदौ २३ गते सदरमुकाम जलेश्वरमा प्रहरी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपले उग्र रुप लिएपछि जलेश्वर नगरपालिकाभर निषेधाज्ञा लगाइँँदै आएको थियो । रासस