धनगढी, १५ असार । थरुहट तराई पार्टीका केन्द्रीय कोषाध्यक्ष खडक चौधरीसहित तीन थारु कार्यकर्तालाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ ।
कैलालीको त्रिनगर भन्सार नाका नेपाल–भारत दशगजा क्षेत्रमा प्रदर्शन गरिरहेका थरुहटका पार्टीका कोषाध्यक्ष चौधरी, स्थानीय कार्यकर्ता फुलदास डगौरा र शिवकुमार कठरियालाई शुक्रबार दिउँसो पक्राउ गरिएको कैलालीका प्रहरी प्रवक्त डीएसपी विश्वराज खड्काले जानकारी दिनुभयो ।

गत भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक घटनापछि सुरक्षाको कारण देखाउँदै स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा तोड्दै कैलालीको सीमा दशगजा क्षेत्रमा ‘कालो संविधान चाहिदैन, तीन दलीय गठबन्धन सरकार मुर्दाबाद, थरुहट/थारुवान राज्य कायम गर’ जस्ता नारा लगाईरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।















प्रतिक्रिया