– रविन भट्टराई
ताप्लेजुङ, १५ असोज । अलैची खेतीका लागि मुलुककै अग्रणी जिल्ला मानिएको ताप्लेजुङमा चिया प्रशोधन केन्द्रको स्थापनासंगै चिया खेतीतर्फ यहाँका किसानको आकर्षण बढ्दै गएको छ ।
अलैची खेतीबाट समेत आमदानी लिदै आएका किसानले अलैची नहुने क्षेत्रमा चिया खेती सुरु गरेका छन् भने उनिहरुले उत्पादन गरेको चिया पनि ताप्लेजुङमै प्रसोधन हुन थालेको छ ।
पछिल्लो समय अलैचीमा देखिएका विभिन्न रोग किराको संक्रमणका कारण किसानले अलैची खेतीको विकल्प खोज्न थालेका हुन् । पाथीभरा चिया उत्पादक सहकारी संस्थाले सदरमुकाम नजिकै रहेको हाङ्देवा गाविसमा हालै चिया प्रसोधन केन्द्र स्थापना गरे पछि अहिले सदरमुकाम सहित आसपासका गाविसका किसानले चियाको नर्सरी संगै खेती समेत विस्तार गर्न थालेको पाईएको छ ।
प्रसोधन केन्द्रमा यसै वर्ष देखि चिया प्रसोधन हुन थालेको संस्थाका अध्यक्ष विदुर भटराईले वताउनुभयो । अहिले आसपासका किसानले प्रति किसान दश देखि दुईसय रोपनी भन्दा धेरै क्षेत्रफलमा चिया खेती लगाउने तयारी गरेको साथै केही किसानले यसअघिनै विरुवा रोपेको समेत भटराईले जानकारी दिनुभयो । चिया खेतीमा किसानको आर्कषण वढे संगै चिया खेतीको व्यवस्थापन सम्वन्धि तालिम, गोष्ठी समेत चल्न थालेका छन् । केही दिन अघि मात्रै केन्द्रिय चिया सहकारी संघको आयोजनामा चिया खेती व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न भएको छ ।
ताप्लेजुङमै प्रसोधन हुने र वजारीकरणमा समेत सहकारीले सहयोग गर्ने भए पछि आफुहरुलाई ढुक्क भएको किसानहरुको भनाई छ । चिया खेतीको थप विस्तार गरि रोजगार र आमदानीलाई अझ वढाउन राज्यले छुटै योजना वनाए मुलुकको अर्थतन्त्र अझ मजवुद हुदै जाने ति किसानहरुले वताउन थालेका छन् ।
पुर्वको झापा साथै पहाडी जिल्ला ईलाममा धेरै समय अघिनै चिया खेती सुरु भए पनि नजिकै रहेका जिल्लाहरु पाचथर, ताप्लेजुङका किसानले समयमै खासै चासो नदेखाएको भए पनि पछिल्लो समयमा अलैचीमा वढ्दै गएको रोग किराका कारण उत्पादन घट्दै गए पछि यसको राम्रो विकल्पको छनौट गरेका हुन् ।


















प्रतिक्रिया