२१ कार्तिक २०८३, शनिबार

रौतहटमा २० राउन्ड गोली चल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, १५ असोज । रौतहटमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ ।

सदरमुकाम गौरबाट पूर्व–पश्चिम राजमार्गमा अवरोध गर्न आएका मधेसी मोर्चा र थरुहटका करिब १ हजार प्रदर्शनकारीलाई रौतहटको चन्द्रनिगाहपुरमा प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।

झडपको स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले प्रहरीले २० राउन्ड बढी गोली चलाएको छ । प्रदर्शनकारीलाई रोक्न खटिएका सशस्त्र र जनथपथ प्रहरीले अहिलेसम्म २० राउन्ड हवाई फायर गरेका छन् ।

Nepal Police
फाइल तस्वीर

त्यसैगरी १ दर्जन अश्रुग्यास प्रहार गरिएको छ भने रबरका गोली पनि प्रहार गरिएको छ । झडप जारी रहेकाले घटनाको विस्तृत विवरण आएको छैन । सुरक्षा निकायले अहिलेसम्म दुबैतर्फ घाइते भएकाहरुको विवरण दिएको छैन ।