१० कार्तिक २०८३, मंगलबार

साझा प्रकाशनमा संयुक्त उम्मेदवार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sajha-prakashan-400x400काठमाडौँ, १५ भदौ । तीन प्रमुख दलनिकट सांस्कृतिक मोर्चाले शनिबार हुने साझा प्रकाशनको तेइसौँ साधारणसभामा आफ्ना तर्फबाट तीन सञ्चालक सदस्य पदको निर्वाचनमा संयुक्त उम्मेदवारी घोषणा गरेका छन् ।

आर्थिकरुपमा डुबेको साझा प्रकाशनलाई माथि उठाउन तथा वर्तमान सङ्क्रमणकालीन अवस्थामा साझा बचाउ अभियानका अभियन्ताका रुपमा डा विजय सुब्बा, डा जीवनचन्द्र कोइराला र हरिहर खनाललाई समर्थन गरिएको ती संस्थाले आज जारी गरेको अपिलमा उल्लेख छ ।

नेपाली लेखक सङ्घका अध्यक्ष डा विष्णुविभू घिमिरे, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई र एकीकृत राष्ट्रिय जनसांस्कृतिक महासङ्घका इन्चार्ज आहुति (पूर्णभक्त दुलाल) ले हस्ताक्षर गर्नुभएको अपिलमा तीन उम्मेदवारलाई विजयी गराउन आग्रह गरिएको हो ।

अंशियार (सेयर सदस्य) मध्येबाट निर्वाचित हुने तीन सदस्यमा सर्वसम्मतिको प्रयास सफल नभएपछि चारजनाको उम्मेदवारी परेको प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो । करिब एक हजार ५०० सेयर सदस्य रहेको संस्था आर्थिक रूपमा डुबेका कारण आठ वर्षपछि सभा तय गरिएको हो । रासस