काठमाडौं, १५ असोज । रिलायबल रेमिट र निर्धन उत्थान बैंक बीच रेमिट्यान्स सम्झौता भएको छ ।
रिलायबल रेमिट तथा रिलायबल डेभलपमेन्ट बैंकका तर्फबाट सहायक महाप्रबन्धक दिपेन्द्र कडरिया र निर्धन उत्थान बैंकका तर्फबाट नायब महाप्रबन्धक भोजराज बस्यालले शुक्रबार सम्झौतामा हस्ताक्षर गर्नुभयो ।
सम्झौता पश्चात निर्धन उत्थान बैंकका सबै शाखाबाट रिलायबल रेमिटको रेमिटेन्स सेवा प्राप्त गर्न सकिने छ ।
काठमाडौँको नक्सालमा केन्द्रिय कार्यालय रहेको निर्धन उत्थान बैंकको कुल १८७ शाखाबाट सेवाग्राहीले देश विदेशबाट आएको भुक्तानी प्राप्त गर्नुका साथै आन्तरिक विप्रेषण मार्फत देशभर छरिएर रहेको २७०० भन्दा बढी संजाल मार्फत विभिन्न बाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी तथा संघ संस्थामा नगद तथा खातामा जम्मा गर्न सकिने छ ।
















प्रतिक्रिया