२१ कार्तिक २०८३, शनिबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, प्रधानमन्त्रीले आजै राजीनामा दिने सम्भावना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PM-residence-Baluwatarकाठमाडौं, १५ असोज । बालुवाटारमा अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

नयाँ प्रधानमन्त्री चयन गर्ने संसद् अधिवेशन सुरु हुनुअघि मन्त्रिपरिषद्को बैठक बालुवाटारमा पानै एघार बजेदेखि सुरु भएको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

बैठकमा आजैदेखि सुरु हुने संसद् अधिवेशनको कार्यसूची, नयाँ सरकार गठन प्रक्रिया, प्रधानमन्त्रीको राजीनामा, मधेसी मोर्चासँग वार्ता प्रक्रिया र संविधान संशोधनलगायतका विषयमा छलफल भइहरको छ ।

साथै प्रधानमन्त्री कोइरालाले आजै पदबाट राजीनामा दिनबारेमा मन्त्रिपरिषदमा छलफल गरेका छन् । स्रोतका अनुसार कोइरालाले आजै राजीनामा दिने सम्भावना छ ।