१० कार्तिक २०८३, मंगलबार

अछाममा दुई सय हेक्टर वनक्षेत्र अतिक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

भीमदत्तनगर, १५ असोज । अछाममा झन्डै दुई सय हेक्टर वनक्षेत्र अतिक्रमण भएको पाइएको छ । जिल्लाका विभिन्न रेञ्जपोष्टअन्तर्गत सरकारी तह, संस्थागत र व्यक्तिगत रुपमा वन अतिक्रमण भएको पाइएको जिल्ला वन कार्यालय अछामले जनाएको छ ।

अछाममा कुल ८७ हजार २०० हेक्टर वनक्षेत्र रहेकामा सरकारी कार्यालयबाट ३५, संस्थागत ४५, बजारक्षेत्रमा १८, विद्यालयबाट १६ र व्यक्तिगत तथा बाढी पहिरोपीडितबाट ८६ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेका छन्

वनक्षेत्र अतिक्रमण सबैभन्दा बढी मङ्गलसेनको पालेवन, ढकारी, कमलबजार, ठाँटी र शान्तडामा भएको छ ।

अतिक्रमित वनक्षेत्रमध्ये सबै ठाउँमा विगत द्वन्द्वकालभन्दा अगाडि संरचना निर्माण भइसकेको पाइएकाले जिल्ला वन कार्यालयलाई अहिले समस्या भइरहेको निमित्त जिल्ला वन अधिकृत खुदु्रस मियाँले बताउनुभयो ।

जिल्ला वन कार्यालयमार्फत अतिक्रमण नियन्त्रणका लागि विभिन्न बैठक, प्रचारप्रसार र सामुदायिक वनलाई निर्देशन दिने कार्य भइरहेको जानकारी पनि उहाँले दिनुभयो । रासस