धनगढी, १४ असोज । कैलाली भन्सार नाका भएर आज पेट्रोलियम पदार्थ बोकेका तीन गाडीसहित ४२ गाडी धनगढी भित्रिएका छन् ।
कैलाली भन्सार कार्यालयका निमित्त प्रमुख मानप्रसाद विकले भारततिरबाट भित्रिई कैलाली भन्सार कार्यालय परिसरमा रोकिएका तरकारी बोकेका गाडीलाई गन्तव्यतर्फ जान दिने सर्तमा भारतीय अधिकारीले भारतीय सीमा गौरीफन्टामा रोकिराखिएका मालवाहक गाडीलाई नेपाल भित्रिन दिइएको बताउनुभयो ।
आज धनगढी भित्रिने अन्य गाडीमा खाद्यान्न, सिमेन्ट, फलफूल र तरकारी बोकेका गाडी छन् । भारतीय पक्षले केही दिनदेखि पेट्रोलियम पदार्थ बोकेका साधन भारतीय भन्सार नाकामा रोकेर नेपाल भित्रिन नदिएपछि कैलालीलगायत सुदूरपश्चिमका जिल्लामा पेट्रोलियम पदार्थको अभाव सिर्जना भएको छ ।
देशका अन्य कतिपय सीमानाकामा आन्दोलनरत पक्षको धर्ना प्रदर्शन जारी रहे पनि कैलाली भन्सार नाकामा कुनै पनि पक्षको धर्ना जुलुस छैन । रासस
















प्रतिक्रिया