वीरगन्ज, १४ असोज । काठमाडौंमा सरकारी टोलीसँग वार्ता गरेर तमलोपाका अध्यक्ष महन्थ ठाकुर मधेस पुगेका छन् । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले वार्ताको वातावरण बनाए संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग तुरुन्त वार्ता हुने बताउनुभएको छ ।
यहाँ आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले तीन दलको उदासीनता र सरकारले वार्ताको उपयुक्त वातावरण नबनाएका कारण अहिलेसम्म सार्थक वार्ता हुन नसकेको आरोप लगाउँदै भन्नुभयो– “अहिलेसम्म सरकार र प्रमुख तीन दलसँग अनौपचारिक छलफल मात्र भइरहेको छ ।”
अध्यक्ष ठाकुरले आन्दोलनमा शहादत प्राप्त गरेका र घाइते भएकाका बारेमा सरकारले गरेको निर्णयसमेत कार्यान्वयनमा आउन सकेको छैन भन्दै वार्ताप्रति सरकारको गम्भीरता नदेखिएको आरोप लगाउनुभयो । रासस















प्रतिक्रिया