२१ कार्तिक २०८३, शनिबार

उर्जामन्त्री ज्ञवाली सरकारबाट बर्खास्त

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

RADHA-Gyawoliकाठमाडौं, १४ असोज । प्रधानमन्त्री सुशील कोइरालाले उर्जामन्त्री राधा ज्ञवालीलाई बर्खास्त गरेका छन् ।

अख्तियारले कारबाही गर्न निर्देश गरेपछि प्रधानमन्त्री कोइरालाले उर्जा र खेलकुदमन्त्रीलाई फिर्ता बोलाउन र नबोलाए बर्खास्त गर्ने जानकारी एमाले अध्यक्ष केपी ओलीलाई गराएका थिए । र राजीनामा दिन उर्जामन्त्री र खेदकुद मन्त्रीलाई आग्रह गरेका थिए ।

बर्खास्त गर्ने सूचना पाएपछि खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले आजै दिउँसो प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाएका छन् ।
तर, उर्जामन्त्रीले राजीनामा दिन अस्वीकार गरेपछि प्रधामन्त्रीले ज्ञवालीलाई बर्खास्त गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।