१० कार्तिक २०८३, मंगलबार

राजधानीमा प्रेस चौतारीको अन्तरसंवाद: भारतले नाकाबन्दी गर्नु अनुचित भएको परराष्ट्रविदको भनाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ असोज । परराष्ट्रविद्हरुले नेपालमा संविधान जारी भएको आन्तरिक विषयलाई जोडेर छिमेकी भारतले सीमा क्षेत्रमा अघोषित नाकाबन्दी गर्नु अनुचित भएको जनाएका छन् ।

प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री तथा विज्ञ डा भेषबहादुर थापाले केही कमजोरीका बीच नयाँ संविधान नेपालको अखण्डता, हित र सबै नागरिकको समान अधिकार र सम्मान तर अन्तर्राष्ट्रय सन्तुलनयुक्त भएको जनाउँदै अन्य समस्याको समाधानका लागि संवाद र सहमतिमा जानुबाहेक अर्काे विकल्प नभएको बताउनुभयो ।

“संविधानका विषयमा देखिएका समस्या सम्बोधन गर्ने विषय नेपालको आन्तरिक विषय हो । यसमा बाह्य जगत्को चासो आवश्यक छैन । यसका नाममा नेपाली जनताले कष्ट भोग्नुपर्ने स्थिति आउनु हुँदैन”–डा थापाले भन्नुभयो, “नेपालले आफ्नो कूटनीतिक अभ्यासलाई पनि सुधार्नुपर्ने आवश्यकता छ तर यसलाई जोडेर जनतालाई पीडा र दुःख दिएर छिमेकीले राजनीतिक फाइदा लिन खोज्ने प्रवृत्तिलाई संरक्षण गर्ने अवस्था छैन ।”

Press-Chautari_Nepalनेकपा (एमाले) का केन्द्रीय सदस्य तथा कूटनीतिक विषयका जानकार डा राजन भट्टराईले भारतले आफ्नो ठूलो देशको शक्ति र सामथ्र्यलाई छिमेकसँगको सम्बन्ध सुधारमा उपयोग गर्दा नै उसको अन्तर्राष्ट्रिय छवि वृद्धि गर्न सहयोग गर्ने बताउनुभयो ।

गएराति अमेरिकामा जारी संयुक्त राष्ट्र सङ्घको साधारणसभाका क्रममा नेपाल र भारतका पराराष्ट्रमन्त्रीबीच आपसी छलफल हुँदा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफूहरुले नाकाबन्दी नगरेको र उत्पन्न अवरोध चाँडै खुलाउने विश्वास व्यक्त भएकाले त्यसका आधारमा चाँडै अघोषित नाकाबन्दी खुल्ने आशा उहाँले व्यक्त गर्नुभयो ।

तराई मधेसका आन्दोलन वा केही दलका माग सम्बोधनलाई जोडेर दुई देशको सीमाक्षेत्रमा जारी अघोषित नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्यालाई हेर्न नहुने तर्क राख्दै उहाँले भोलि अर्काे छिमेकी मुलुक चीनले नेपालका अन्य क्षेत्रका यी माग पूरा हुनुपर्छ भन्ने प्रस्ताव गरेमा के गर्ने भन्ने प्रश्न उठ्ने भटृराईले बताउनुभयो ।

डा भट्टराईले भन्नुभयो, “भूपरिवेष्ठित मुलुकले पाउने पारवहनको अधिकारबाट वञ्चित गराउन खोज्नु कुनै पनि अर्थमा औचित्य सिद्ध हुन सक्दैन । यसमा नेपाली एकजुट भएर स्वाभिमानको रक्षाका लागि कटिवद्ध रहनुपर्छ ।”

चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले नेपाल र भारतबीचको सीमामा उत्पन्न गतिरोध चाँडै फुकाउन सरकार र दलहरु सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । रासस