काठमाडौं, १४ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारी टोलीबीच विजुलीबजारमा वार्ता सुरु भएको छ ।
आज बिहान बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताको बैठकले मधेसी मोर्चासँग आजै वार्ता गर्ने निर्णय गरेअनुसार तीन दलीय वार्ता टोलीले मधेसी मोर्चाका नेता तथा तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग वार्ता थालेको हो ।
वार्तामा मधेस आन्दोलनका माग सम्बोधन र सरकारको ठोस प्रस्तावमा छलफल गरेर आजै निष्कर्षमा पुग्ने विश्वास लिइएको छ ।












प्रतिक्रिया