कास्की, १४ असोज । पोखराका राष्ट्रवादी तथा देशभक्त युवाको जमातले मेड इन नेपाल नामक सामाजिक संस्था गठन गरेको छ ।
पछिल्लो समयमा छिमेकी राष्ट्रले गरेको असहयोगलाई चिर्दै राष्ट्रलाई आत्मनिर्भर बनाउने अभियान स्वरुप पोष्टराज दाहालको अध्यक्षतामा २७ सदस्यीय संस्था गठन गरिएको हो । ‘स्वदेशी उत्पादनको प्रयोग गरौँ, देशलाई आत्मनिर्भर बनाऔँ’ भन्ने नारासहित देशलाई विकासको बाटोमा अग्रसर गराउने एजेन्डा तय गरेको सदस्य बसन्त विनोदले जानकारी दिनुभयो ।
समूहले स्वदेशी उत्पादनको प्रयोगलाई प्रोत्साहन दिन आज मानवअधिकारचोकबाट प्रभातफेरी कार्यक्रम ग¥यो । कार्यक्रममा राष्ट्रवादी पोखरेलीको सहभागिता रहेको थियो । उनीहरुले भारतको अघोषित नाकाबन्दीको विरोधसमेत गर्दै आएका छन् । रासस















प्रतिक्रिया