– निशानदाजु भट्टराई
दाङ, १४ असोज । भारतीय हस्तक्षेपको विरोध गर्दै दाङमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शवयात्रासहित जुलुस निकालिएको छ ।
नेपालको संविधानमा असन्तुष्टि जनाउँदै भारतले केहि समययता अघोषित रुपमा नाकाबन्दी गरी हस्तक्षेप गर्न थालेपछि दाङको लमहिमा भारतीय प्रधानमन्त्री मोदीको मलामी जुलुस निकालिएको हो ।
भारतले समग्र नेपाल र नेपालीको पक्षमा भन्दा सिमित समुदायको पक्ष लिएर नाकाबन्दी गर्नु मानवअधिकार विरोधी र अन्तर्राष्ट्रिय सन्धिसम्झौता विपरित कार्य भएको ठहर गर्दै राष्ट्रिय जनमोर्चा लमहि नगरकमिटीको अगुवाइमा निकालिएको मलामी जुलुसले लमहि बजार परिक्रमा गरेको थियो ।
भारतीय प्रधानमन्त्री मोदीको सांकेतिक शव र उल्टो शंख फुक्दै निकालिएको मलामी जुुलुस पछि पुत्ला दहन समेत गरिएको थियो । ‘भारतीय विस्तारबाद मुर्दावाद, नाका बन्दी फिर्ता गर, राष्ट्रियता जिन्दाबाद’ लगायतका नारा लगाउँदै बजारको परिक्रमा गरेको जुलुसमा भारतविरुद्ध चर्का नारासमेत लगाईएको थियो ।
















प्रतिक्रिया